गाजामा राहत वितरण भइरहेको स्थानमा गोली प्रहार हुँदा ३२ को मृत्यु, २ सयभन्दा बढी घाइते

इजरायली सेनाद्वारा आक्रमण अस्वीकार
जेष्ठ १९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा राहत वितरण भइरहेको स्थानमा गोली प्रहार हुँदा ३२ को मृत्यु, २ सयभन्दा बढी घाइते

काठमाडौं । गाजामा राहत वितरण भइरहेको दुई स्थानमा गोली प्रहार हुँदा कम्तिमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ । २ सय भन्दा बढी घाइते भएका छन ।

आइतबार दक्षिणी गाजाको राफाहमा रहेको राहत वितरण स्थलमा भेला भएका हजारौं नागरिकमाथि इजरायली ट्याङ्कहरूले गोली चलाउँदा कम्तीमा ३१ जनाको मृत्यु भएको हो । 

त्यसलगत्तै गाजा शहरको नेतजारिम कोरिडोरको दक्षिणमा रहेको यस्तै वितरण केन्द्रमा गोली चल्दा अर्को एक जनाको मृत्यु भएको बताइएको छ । गाजामा ह्युम्यानिटेरियन फाउन्डेसनले राहत वितरण गरिरहेको छ । जुन इजरायल र अमेरिका समर्थित एउटा विवादास्पद समूह हो ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै सो गोलाबारीमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।