जनकपुरमा पनि अनिश्चितकालीन यातायात बन्दको प्रभाव

जेष्ठ १९, २०८२ |अनिल मिश्र
जनकपुरमा पनि अनिश्चितकालीन यातायात बन्दको प्रभाव

जनकपुर । यातायात व्यवसायीले आजदेखि गरेको देशभरी अनिश्चितकालीन यातायात बन्दको प्रभाव जनकपुरमा पनि परेको छ। 

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर राख्ने निर्णय गरेपछि यातायातका सार्वजनिक साधन बन्द गरिएको हो । 

बन्द भएसँगै आज बिहानैबाट जनकपुरधाम लगायत मधेश प्रदेश भरिको जनजीवन प्रभावित बनेको छ । जनकपुरदेखि लामो तथा छोटो दुरीको पाँच सयभन्दा बढि बस संचालनमा रहेको छ । बस लगायतका सबारीसाधन बन्द रहेपनि टेम्पो, स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।