काठमाडौं । आज जेठ १९ । आज धन्दा २४ वर्ष पहिला राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको थियो ।
आज २४औं स्मृति सभा हो । वि.सं. २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा राजपरिवारको वंश विनाश हुनेगरी हत्या भएको थियो ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो ।
आज राजपरिवारको स्मृतिमा हिमानी ट्रस्टसहित देशभक्त नेपालीहरूले दीप प्रज्वलन गरी शान्तिको कामना गर्दैछन् ।