कोशी राजमार्ग एकतर्फी सञ्चालनमा

जेष्ठ १७, २०८२ |विनोद घिमिरे
कोशी राजमार्ग एकतर्फी सञ्चालनमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीमा लेउती खोलाले बगाएर अबरुद्ध भएको कोशी राजमार्ग एकतर्फी खुलाइएको छ । लेउती खोलाको धार फर्काएर अस्थायी डाइभर्सन बनाई हाल सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको छ ।

सडक खुलाउन सडक विभागको १ र निजी ३ वटा एक्सकाभेटर परिचालन गरिएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।