कर्णालीमा चुनावी भिडन्त : १२ सिटका लागि १३१ उम्मेदवार, ९ पूर्वमन्त्री मैदानमा

फाल्गुन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्णालीमा चुनावी भिडन्त : १२ सिटका लागि १३१ उम्मेदवार, ९ पूर्वमन्त्री मैदानमा

काठमाडौं । विकास र समृद्धिको मानकमा तुलनात्मक रूपमा पछाडि परेको कर्णाली प्रदेश चुनावी रापतापका कारण भने चर्चामा छ । 

यहाँका १२ सिटका लागि ९ पूर्वमन्त्रीसहित १ सय ३१ जना प्रतिस्पर्धामा छन् । कर्णालीमा यसपटक ठूला भनिएका दलले समेत सिट बढाउन चुनावी सभा गरेका छन् । १० जिल्ला रहेको कर्णाली प्रदेशमा १० लाख ३७ हजार २ सय ५० मतदाता छन् । पुरुष मतदाता ५ लाख २७ हजार ८ सय ८६ जना हुँदा ५ लाख ९ हजार ३ सय ६१ महिला मतदाता छन् । अन्य समूहका मतदाता पनि ३ जना छन् ।

यो प्रदेशमा ९ सय ४१ मतदानस्थल छन् भने १ हजार १ सय ४३ मतदानकेन्द्र छन् । यस्तै १ सय २० पुरुष उम्मेदवार र ११ महिला उम्मेदवार छन् । यसपटक कर्णालीमा जेन-जी उमेर समूहका पनि १ दर्जन उम्मेदवार प्रतिस्पर्धामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.