बन्दको अवज्ञा गरेको भन्दै गोरखामा यात्रुवाहक बस तोडफोड

जेष्ठ १६, २०८२ |भीमलाल श्रेष्ठ
बन्दको अवज्ञा गरेको भन्दै गोरखामा यात्रुवाहक बस तोडफोड

गोरखा । राइड शेयरिङको विरोधमा उत्रिएका यातायत व्यवसायीले बन्दको अवज्ञा गरेका भन्दै गोरखामा एउटा यात्रुवाहक बसमा तोडफोड गरेका छन् । काठमाडौंबाट यात्रु बोकेर गोरखातर्फ आउँदै गरेको ना५ख ५३९९ नम्बरको बसलाई १२ किलोमा रोकेर अगाडिको सीसा फुटाएको प्रहरीले जनाएको छ । 

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङलाई मान्यता दिने नियमावलीको विरोधमा यातायत व्यवसायी समितिहरूले गोरखासहित गण्डकी प्रदेशका जिल्लाहरूमा सार्वजनिक यातायत बन्दको आह्वान गरेका छन् । सार्वजनिक यातायात नचल्दा यात्रुहरूलाई सकस भएको छ । 

रातो नम्बर प्लेटको सवारी साधनले भाडामा यात्रु बोक्न पाउन नहुने यातायत व्यवसायीको माग छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।