धनकुटामा स्कर्पिओ दुर्घटना हुँदा ५ जना घाइते

जेष्ठ १४, २०८२ |विनोद घिमिरे
धनकुटामा स्कर्पिओ दुर्घटना हुँदा ५ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ चरखोले गोलाईस्थित कोशी लोकमार्गमा धरानबाट संखुवासभा जाँदै गरेको स्कर्पिओ गाडी दुर्घटनामा परेको छ । को१च ६६४० नम्बरको स्कार्पिओ बेक्र फेल भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी स्करपिओमा सवार ५ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चलाक सप्तरी बोदेबर्साईन-३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुर त्रियुगाका ललित परियार,  विराटनगर महानगरपालिका वडा नम्बर ३ कि ३३ वर्षिया एन्जिला अधिकारी, विराटनगरकै २३ वर्षीया निर्मला गुर्वाजु र मोरङको उर्लाबारी नगरपालिका-१ बस्ने ३० वर्षीया ज्ञानु गौतम रहेको प्रहरीले जनाएको छ । 

उनीहरू सबैलाई उपचारका लागि धरानस्थित घोपा क्याम्प पठाइएको प्रहरीले जनाएको छ । घाइते सबै बिराटनगरमा रहेको हार्ड नेपाल नामको संस्थाका कर्मचारी रहेको बताइएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।