काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रूपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराउनुभयो ।
“तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरू भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रूपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।-रासस