दाङ । कृषि क्षेत्रलाई प्राथमिकता र अधुरा योजनालाई पूर्णताको लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आज बसेको लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई प्रथमिकता दिँदै उत्पादन र उत्पादकत्व बढाउने कुरालाई अघि सारेको छ भने सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनाहरूलाई अनिवार्य जोड्ने कार्यक्रमलाई जोड दिएको छ ।
२०४ बुँदामा समेटिएको लुम्बिनी प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रमले उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नवप्रवर्तनको क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।