संघीय सरकारको कामप्रति नागरिक जति असन्तुष्ट छन्, प्रदेश सरकारहरूका कामबाट त्यसभन्दा असन्तुष्टि नागरिकमा छ । संघको राजनीतिक अस्थिरताको सिधा प्रभावमा त प्रदेशहरू परेकै छन्, संविधानले नै ग्यारेन्टी गरेका अधिकारहरू नपाउँदा पनि प्रदेश सरकारहरू प्रभावकारी हुन सकेका छैनन् ।
उसो त पाएकै अधिकारहरूको कार्यान्वयनमा उनीहरू कति सबल छन् ? प्रश्न उत्तिकै महत्त्वपूर्ण छ । उसो त संघको राजनितिक उथलपुथलकै प्रभावस्वरूप सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समेत समयमा ल्याउन सकेन । प्रभाव बजेटको खर्चमा समेत देखिएको छ । विकासका अधिकांश सूचकहरूमा अन्य प्रदेशभन्दा पछाडि रहेको सुदूरपश्चिम प्रदेश सरकार मात्र होइन, प्रदेश सभाकै काम पनि सुस्त छ ।
कहाँ हिँड्दै छ सुदूरपश्चिम प्रदेश ? संघीयताको अनुभव नागरिकमा कति छ ? प्रदेश सरकार हुनुको प्रभाव कति देखाउन सकेको छ प्रदेश सरकारले ? फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नमाथि बहस गर्नेछौं र आज हामीसँग हुनुहुन्छ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।