गुल्मीको मालिका पुगेर महानगरप्रमुख चिरीबाबुले भन्नभयाे- ‘सार्वजनिक जग्गा र वातावरण जोगाउनुस्’

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
गुल्मीको मालिका पुगेर महानगरप्रमुख चिरीबाबुले भन्नभयाे- ‘सार्वजनिक जग्गा र वातावरण जोगाउनुस्’

ललितपुर । ललितपुर महागरले भगिनी सम्बन्ध कायम गरेको गुल्मी जिल्लाको मालिका गाउँपालिका पुगेका महानगर प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण र सार्वजनिक जग्गा सरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएकाे छ ।

मलिकाका जनप्रतिनिधिसँग छलफल गर्न आयोजना गरिएको कार्यक्रममा उहाँले काठमाडौं उपत्यकाले गरेको गल्ती नदोर्याउन अनुरोध गर्नुभयाे । 

उहाँले भन्नुभयाे, ‘पर्ति, ऐलानी, सार्वजनिक जग्गा उपत्यकामा विभिन्न कालखण्डमा धेरै मासियो, त्यस्तो गल्ती यहाँ नदोहोर्याउनुस् ।’ आफू निर्वाचित भएर आएपछि महानगरभित्रको यस्ता जस्ता संरक्षणमा घनीभूत रूपमा काम गरेको उहाँले बताउनुभयाे । 

मालिका गाउँपालिकाको प्राकृतिक सौन्दर्य र हरियालीबाट आफू मोहित भएको बताउँदै वातावरण संरक्षणलाई समेत मालिकाले प्राथमिकतामा राख्नुपर्ने उहाँले धारणा राख्नुभयाे । मालिकाको स्वच्छ हावापानीले मालिकावासी स्वस्थ जीवन बाचेको बताउँदै जनघनतत्व बढी भएका पालिकामा बस्नेको आयु प्रदुषित हावापानीका कारण कम हुने उहाँले बताउनुभयाे ।

अन्य जनप्रतिनिधिमण्डलसहित मालिका पुगेका महर्जनको टोलीमा वडा नं. २० का वडा अध्यक्ष चन्द्रलाल महर्जन , वडा नं-१७ का वडाअध्यक्ष विनोद महर्जन लगायत छन ।

मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले सांस्कृतिक नगर ललितपुर महानगरले प्राकृतिक रूपमा सम्पन्न मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्नु अनुपम उदाहरण भएको बताउनुभयाे । 

महानगरको सहयोगमा मालिका गाउँपालिकामा बनेको मालिका देवीको मन्दिर ललितपुर महानगरलाई दिएको महत्वपूर्ण उपहार भएको उहाँले बताउनुभयाे । 

गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले सडक पूर्वाधार विकासको महत्वपूर्ण आधार भएको बताउँदै सबै वडाबाट पालिका जोड्न बाटो निर्माण कार्य तीब्र गतिमा अघि बढेको उहाँले बताउनुभयाे । कार्यसम्पादन मूल्यांकनमा पालिका उत्कृष्ट भएको उहाँले जानकारी दिनुभयाे । दुरदराजमा रहेको पालिकासँग देशकै समृद्ध पालिकाले भगिनी सम्बन्ध जोड्कोको धन्यवाद दिदैँ उहाँले आभार प्रकट गर्नुभयाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले भौगोलिक रूपमा मालिका र ललितपुर टाढा भएपनि भगिनी सम्बन्धले आत्मीय र नजिक भएको बताउनुभयाे । कार्यक्रममा वडाअध्यक्षले महानगरमा भएका असल अभ्यास र आफ्नो वडा र पालिकामा भएका असल अभ्यास, अप्ठ्यारो र चुनौतीका बारेमा चर्चा गरेका थिए ।

लुम्बिनी प्रदेशमा रहेको गुल्मी जिल्लामा रहेको मालिका गाउँपालिकामा आठवटा वडा छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.