महाभारत गाउँपालिकाको उपलब्धि : शून्य बेरुजुमा पर्न सफल

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाभारत गाउँपालिकाको उपलब्धि : शून्य बेरुजुमा पर्न सफल

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा पर्न सफल भएको छ । आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा निरन्तर लागिपरेको महाभारत गाउँपालिकाले वित्तीय व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै शून्य बेरुजु पालिकाको रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

महाभारत गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, लेखा प्रमुख, राष्ट्रसेवक कर्मचारी, सेवाग्राही र सरोकारवालाहरूको समन्वय र निरन्तर प्रयासकै परिणामस्वरूप यो सफलता हासिल भएको गाउँपालिकाले जनाएको छ।

महाभारत गाउँपालिकाका अध्यक्षले सम्पूर्ण महाभारतवासीलाई बधाई दिँदै भन्नुभयो, “हामी परिणाममा विश्वास गर्छौं, चाहे कार्यसम्पादन होस् वा शून्य बेरुजु । जनताको विश्वासलाई कहिल्यै गुम्न नदिने हाम्रो दृढ अठोट आगामी दिनमा पनि जारी रहनेछ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.