काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त भएको जानकारी दिनुभयो ।
जसअनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगमा महेश थापाको अध्यक्षतामा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही, कुमारी कौशल्या ओझा सदस्य नियुक्त हुनुभएको छ ।
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा लोहादेवी गर्तौलाको अध्यक्षतामा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल, बिनिता नेपाली सदस्य नियुक्त हुनुभएको छ ।
यस्तै मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पनि पुनःगठन गर्ने निर्णय गरेको छ । समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य नियुक्त हुनुभएको छ ।