कास्की । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-३२ लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा ३ जना को मृत्यु भएको हो । दुर्घटनामा परी घाइते चालकसहित ८ जनाको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।
माइक्रो सडकदेखि करिब ३५ मिटर तल खसेको छ । तीव्र गतिको माइक्रो बस चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।