गभर्नर नियुक्तिका लागि अझै केही दिन कुर्नुपर्छ : अर्थमन्त्री

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
गभर्नर नियुक्तिका लागि अझै केही दिन कुर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर नियुक्तिका लागि अझै केही दिन कुर्नुपर्ने बताउनुभएको छ । कान्तिपुर इकोनोमिक समिटमा अर्थमन्त्री पौडेलले देशले राम्रो गर्यो भनेर मान्ने तहको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाइने दाबी गर्नुभयो । 

सिफारिस समिति समेत बस्न नसकेकोले केही दिन ढिला भएको उहाँको भनाइ छ । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले राष्ट्र बैंकको स्वायत्तता बचाउन र संस्थागत क्षयीकरणको शृंखला रोक्न नियमानुसार तत्काल गभर्नर नियुक्तिको प्रक्रिया टुंग्याउन पनि आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेल गभर्नर सिफारिस समितिका संयोजक समेत हुनुहुन्छ । तर अहिलेसम्म समितिको बैठक नै बस्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.