बीपी राजमार्ग पुनः बन्द, यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

वैशाख २९, २०८२ |पुजन धिताल
बीपी राजमार्ग पुनः बन्द, यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काभ्रे । रोशी गाउँपालिका-१२, माम्तीस्थित बर्खे खोला बढेर सडकमा पसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज साँझ ६ बजेदेखि परेको अविरल वर्षाका कारण खोला बढेर राजमार्गमा पानी पसेपछि सवारी आवागमन ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गरेर गन्तव्य तय गर्न अनुरोध गरेको छ । हाल स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सडक विभागको टोलीले सडक खुलाउने प्रयास गरिरहेको जनाइएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।