तीन दिने प्रदेश युवा सम्मेलन सुरु

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
तीन दिने प्रदेश युवा सम्मेलन सुरु

काठमाडौं । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि प्रदेश युवा सम्मेलन २०८२ सुरु भएको छ । ३ दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवा पलायतलाई रोक्नु आजको प्रमुख चुनौती बनेको बताउनुभयो । 

युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको समेत उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले रोजगारीका नाममा धेरै युवाहरु विदेशी भूमिमा पसिना बगाउनुपरेको दृष्टान्त प्रस्तुत गर्दै ती युवाले पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको बताउनुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सरकार र युवालाई एउटै थलोमा उपस्थित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा सातै प्रदेशका ३ सयभन्दा बढी युवा सहभागी छन् । सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासनलगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफल र कार्यशाला गोष्ठि आयोजना हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.