रीता फाउन्डेशनद्वारा विभिन्न क्षेत्रमा क्रियाशील ५ युवालाई सम्मान

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
रीता फाउन्डेशनद्वारा विभिन्न क्षेत्रमा क्रियाशील ५ युवालाई सम्मान

काठमाडौं । राइट इन्टरभेन्सन टिम अफ एसिया (रीता) फाउन्डेशनले विभिन्न क्षेत्रमा क्रियाशील ५ जना युवालाई गोरखामा सम्मान गरेको छ । फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता एवं अधिकारकर्मी रीता परियारले आफ्नो जन्मदिनको अवसरमा ५ जनालाई सम्मान गर्नुभएको हो । 

सम्मानित हुनेमा प्रदेश अस्पताल गोरखाका डाक्टर अहमद रजा मियाँ, प्रशिक्षार्थी पत्रकार गरिमा श्रेष्ठ, व्यवसायी अनिता गुरुङ, विद्यार्थी अगुवा अबिन श्रेष्ठ र शिक्षिका कमला परियार रहेका छन् ।

सामाजिक उत्तरदायित्व, सिर्जनात्मक पहल र प्रेरणादायी सहभागिताका लागि उत्प्रेरणा दिलाउन युवाहरू सम्मान गरिएको फाउन्डेशनका संस्थापक अध्यक्ष रीता परियारले जानकारी दिनुभयो । फाउन्डेशनले शिक्षा, महिला र विभिन्न क्षेत्रका अधिकारका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । अधिकारकर्मी रीता परियारसहित ३ जना अभियान्ताले जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि २०७५ सालमा ५४ दिन लामो महाकालीदेखि मेचीसम्मको १ हजार ३२८ किलोमिटर पदयात्रा गरेको थियो । 

सम्मानितहरूलाई एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.