नार्कद्वारा ३३ वर्षमा ८३ बालीका ८३७ जात सिफारिस

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नार्कद्वारा ३३ वर्षमा ८३ बालीका ८३७ जात सिफारिस

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले स्थापनाको ३३ वर्षमा ८६ बालीका ८३७ जात सिफारिस गरेको जनाएको छ । यो आर्थिक वर्षमा मात्र थप १० नयाँ जात सिफारिस गरिएको नार्कले जनाएको छ । 

ललितपुरमा सम्पन्न ३४ औं वार्षिकोत्सवका अवसरमा नार्कले मुख्य बालीमा आफ्नो उपस्थिति बढ्दै गएको उल्लेख गर्दै धानमा ३५ प्रतिशत, मकैमा ७३ र गहुँमा ९४ प्रतिशत क्षेत्रफल नार्कका बीउले समेटेको दाबी गरेको छ । 

त्यस्तै मसुरोमा ६० र आलुमा ४६ प्रतिशत नार्कका बीउ उपयोग भएको जनाइएको छ । हाल धानको वर्णशंकर जातका थप दुई वटा जात विकास गर्ने तयारी गरिरहेको पनि नार्कले जानकारी दिएको छ । कार्यक्रममा कार्यकारी निर्देशक डा. दोजराज खनालले ४८ प्रतिशत जनशक्ति रिक्त हुँदा काम कारबाही प्रभावित हुने गरेको गुनासो गर्नुभयो । 

सो अवसरमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा र राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर टण्डनले नार्कले विकास गरेका अनुसन्धान किसानसमक्ष पुयाउन सुझाव दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.