रोजगारदाताले आवश्यक जनशक्ति नै पाएनन् : श्रममन्त्री भण्डारी

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोजगारदाताले आवश्यक जनशक्ति नै पाएनन् : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाउने गरेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भण्डारीले श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाउने गरेको बताउनुभएको हो । 

रोजगारदातालाई चाहिने जस्तो सीप श्रमिकसँग नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

मन्त्री भण्डारीले स्वदेशमा दक्ष जनशक्तिको अभाव हुँदा गहना बनाउने ८ लाख र निर्माण क्षेत्रमा २० लाख विदेशी कामदार आएर काम गरिरहेको दाबी गर्नुभयो । सीपयुक्त कामदार उत्पादन हुन नसक्दा बाहिरबाट ल्याएर काम गराउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.