बाथरुममा लडेर घाइते हुनुभएका पूर्वप्रधानमन्त्री दाहालको अवस्था सामान्य

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाथरुममा लडेर घाइते हुनुभएका पूर्वप्रधानमन्त्री दाहालको अवस्था सामान्य

काठमाडौं । बाथरुममा लडेर घाइते हुनुभएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सामान्य उपचारपछि नियमित काममा फर्किनु भएको छ । छोरी गंगा दाहालले पूर्वप्रधानमन्त्री दाहालको उपचारपछि अवस्था सामान्य रहेको र काममा फर्किनु भएको जानकारी दिनु भएको हो ।

छोरी गंगाले सामाजिक सञ्चालमा लेख्नुभएको छ, 'गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको छ ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.