जनताले काम खोजेका छन, भागबण्डा होइनः रास्वपा सांसद डाँगी

वैशाख २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनताले काम खोजेका छन, भागबण्डा होइनः रास्वपा सांसद डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै आपत्ति जनाउनुभएको हो । 

बर्खायाम सुरू भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाउनुभयो । सरकारलाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उहाँको सुझाव छ । उहाँले जनताले भागबण्डाको सौदाबाजी नभई उल्लेख गर्नुभया ।

उहाँले भन्नुभयो, ‘सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । र, सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु । किनभने बर्खायाम सुरू भइसकेको छ । राजधानी जोड्ने सडकहरू असुरक्षित छन । लाखौं नागरिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन । सरकारले यतातिर समय खर्च गरोस् । १० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ । अहिले जनताले काम खोजेका छन । भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन् । ’

सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.