काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ दिने गरी निर्धारण गरिएको बेहोरा जानकारी गराउँछ । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीं स्थगित हुनेछ ।”