काठमाडौं । वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित नेता नेपालको ७१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
केही दिनयता अस्पताल भर्ना भएका नेता नेपाललाई पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।
नेता नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री समेत बन्नुभएको थियो । साहित्यकार समेत रहनुभएका नेपालले एक दर्जनभन्दा बढी उपन्यास लेख्नुभएको छ ।