काठमाडौं । शिक्षक महासंघले सरकारसँग सहमति गर्दा आफ्ना मागप्रति बेवास्ता गरिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ ।
सरकारसँग भएको सहमति सार्वजनिक गर्न बानेश्वरको रत्नराज्य माविमा भएको कार्यक्रममा कर्मचारीहरुले विरोध जनाएका हुन् । विरोधपछि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिनुभएको थियो ।
परिषद्ले आफ्ना माग पूरा गराउन पुनः नयाँ आन्दोलन घोषणा गरिने जनाएको छ । तर, शिक्षक महासंघले भने केही महत्वपूर्ण माग पूरा भएका र सरकारले मिति तोकेरै शिक्षा ऐन अघि बढाउने प्रतिवद्धता जनाएकाले ९ बुँदे सहमति भएको बताउनुभयो । आन्दोलन अझै पनि जारी रहेको र शिक्षक कर्मचारीको मागलाई आगामी दिनमा पूरा गराउन महासंघ प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
महासंघले हिजो गरेको ९ बुँदे सहमतिमा आफूहरुका माग समावेश नगरेको र महासंघले धोका दिएको भन्दै परिषद्ले आपत्ति जनाएको हो । परिषद्ले आजै विज्ञप्ति जारी गरी सरकारसँग भएको सहमति र आन्दोलन स्थगित गर्ने निर्णयमा असहमति रहेको जनाएको छ ।