रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

वैशाख १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिनुभएको छ ।

बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको संविधानले रोजगारी र श्रमिकको हक र उचित पारिश्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानूनहरू नेपाली कांग्रेसको सरकार (आफू प्रधानमन्त्री) रहेकै बेलामा आएको उहाँले बताउनु भयो । सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्ने दाबी समेत उहाँले गर्नुभयो । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ।

सभापति देउवाले लोकतन्त्रमा सबै श्रमीकको अधिकार सुरक्षित हुने बताउनुभयो । नेपाली कांग्रेस श्रमिक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको जिकिर देउवाले गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.