वायु प्रदूषणजन्य विपद्सम्बन्धी राष्ट्रिय कार्ययोजना बनाइने

वैशाख १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
वायु प्रदूषणजन्य विपद्सम्बन्धी राष्ट्रिय कार्ययोजना बनाइने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषणजन्य विपद्सम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउने भएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७९-८० मै वायु प्रदूषणजन्य विपद्सम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पारेको भएपनि स्वीकृत नगरी राखेको थियो । अब यसै आर्थिक वर्षभित्र त्यो मस्यौदा स्वीकृत गराउने गरी प्राधिकरणले सरोकारवालाहरूसँग छलफल थालेको छ ।

वायु प्रदूषणको जोखिम उच्च रहने नेपालमा हालसम्म पनि न्यूनीकरणको राष्ट्रिय कार्ययोजना थिएन । पाँच वर्षका लागि काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ स्वीकृत गरिएको थियो । 

तर कार्ययोजनाअनुसार काम भएन । अब बनाउन लागिएको राष्ट्रिय कार्ययोजनाले प्रदूषण बढ्दा अपनाउनुपर्ने र गर्नुपर्ने काम समेटिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.