काठमाडौं । अवैध सम्पत्तिलाई संरक्षण गरेको भन्दै मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा परेकै बेला गत चैत ४ गते काठमाडौंमै २५ करोड रुपैयाँभन्दा धेरैको अवैध विदेशी मुद्रा बरामद भयो । एउटा ट्रकमा बरामद भएको यति ठूलो रकमसहित चालक कुसाङ लामालाई नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धानपछि पैसाको मालिक सिन्धुपाल्चोकका नारायण पौडेल भएको पत्ता लागे पनि पक्राउ परेका छैनन् । राजस्व अनुसन्धान विभागले ट्रक चालक लामा र पैसाका मालिक पौडेलविरुद्ध विदेशी मुद्रा अपचलनमा मुद्दा दायर गरेको छ । चालक लामा जेल चलान भएका छन् । तर, पौडेलले कस्तो धन्दा चलाइरहेका थिए भन्ने चाहिँ अझै खुलेको छैन ।
काठमाडौको टोखामा ट्रकमा भेटिएको २५ करोड रुपैयाँ ट्रक चालक कुसाङले चैत ४ गते सिन्धु मेटेरियल्सको गोदामनजिकै सामान लिएर चीनतर्फ जाादै गर्दा सााझ ६ बजे एक जना कालो वर्णको व्यक्तिले लोड गरेको बयान दिएका छन् । तर उनलाई आफूले नचिनेको दाबी गरे पनि विभागले अन्य ११ जनाको बयानबाट केही कुरा खुलेको छ ।
विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षसमेत रहेका जीवनकुमार भण्डारीसाग पनि कागज गराएको छ । जो सिन्धु मेटेरियल्सका सञ्चालक हुन् । फरार रहेका पौडेल र वडाध्यक्ष भण्डारी दुवैको साझेदारीमा रहेको कम्पनीको गोदामनजिकै विदेशी मुद्रा लोड भएको ट्रक चालक कुसाङको बयानबाट खुलेको छ । पौडेलकै घरमा बस्दै आएकी सुजता हेमरमले घरमा बेला-बेला चिनियाा नागरिक आउने गरेको बयान दिएकी छन् । यसले पौडेलले चिनियाा समूहसाग मिलेर अवैध धन्दामा संलग्न रहेको पुष्टि गर्ने आधार देखिएको छ ।
चैत ४ गते काठमाडौंको टोखाबाट एउटा ट्रकमा प्रहरीले २५ करोड ३४ लाख रुपैयाा बराबरको अमेरिकी डलर र युरो बरामद् गरेको थियो । प्रहरीले ट्रकका चालक कुसाङ लामालाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । विभागले करिब २८ दिन अनुसन्धान गरेर मुद्दा चलाउादा पैसाको मालिक खुले पनि पक्राउ पर्न सकेका छैनन् ।
काठमाडौं जिल्ला अदालतमा दायर मुद्धामा सिन्धुपाल्चोकका नारायण पौडेललाई १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलरको मालिक बनाइएको छ । तर पक्राउ पूर्जी जारी भइसकेका पौडेल फरार छन् । राजश्व अनुसन्धान विभागले ट्रक चालक कुसाङ बाहेक अन्य ११ जनालाई कागज गराएको छ ।
कुसाङले चैत ४ गते सिन्धु मेटेरियल्सको गोदामनजिकै सामान लिएर चीनतर्फ जाादै गर्दा सााझ ६ बजे एक जना कालो वर्णको व्यक्तिले पैसा लोड गरेको बयान दिएका छन् । तर उनलाई आफूले नचिनेको दाबी गरे पनि विभागले अन्य ११ जनाको बयानबाट केही कुरा खुलेको छ । विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षसमेत रहेका जीवनकुमार भण्डारीसाग पनि कागज गराएको छ ।
जो सिन्धु मेटेरियल्सका सञ्चालक हुन् । फरार रहेका पौडेल र वडाध्यक्ष भण्डारी दुवैको साझेदारीमा रहेको कम्पनीको गोदामनजिकै विदेशी मुद्रा लोड भएको ट्रक चालक कुसाङको बयानबाट खुलेको छ । पौडेलकै घरमा बस्दै आएकी सुजता हेमरमले घरमा बेला-बेला चिनियाा नागरिक आउने गरेको बयान दिएकी छन् । यसले पौडेलले चिनियाा समूहसाग मिलेर अवैध धन्दामा संलग्न रहेको पुष्टि गर्ने आधार देखिएको छ ।
पैसाको मालिकसम्म खुलाएको अनुसन्धानले त्यसको प्रयोजन भने प्रष्ट पार्न सकेको छैन । विभाग स्रोतका अनुसार पौडेल भारतमा हुन सक्ने आशंका छ । पौडेल र कुसाङविरुद्ध विदेशी मुद्राको अपचलनमा २५ करोड बराबरकै विगो र जरिवानासमेत माग दाबी गरिएको छ । बरामद विदेशी मुद्रा नेपालको राष्ट्र बैंकमा दर्ता भएको नदेखिएकाले सिधै विदेशबाट आएको हुन सक्ने आशंका छ । यस्तो विदेशी मुद्रा कारोबार गर्नेलाई बरामद रकमको तीन गुणासम्म विगोअनुसार जरिवाना र १ करोडभन्दा माथिको रकममा थप तीन वर्ष कैद माग दाबी विभागले गरेको छ । बरामद विदेशी मुद्रा सुन तस्करीमा प्रयोग भएको आशंका छ । तर त्यसको तथ्य खोज्न पौडेल पक्राउ पर्नुपर्ने विभागको दाबी छ ।
एउटै व्यक्तिले योजनाबद्ध रुपमा एक पटकमै लाखौं विदेशी मुद्राको अवैध कारोबार गरेको भेटिनुले उनको अन्य कारोबार पनि शंकाको घेरामा परेको छ । अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल नै खडा गरेर भइरहेको तस्करी नियन्त्रण गर्न नसक्ने, अनुसन्धान र कारवाही पनि कमजोर हुादा नै सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा परेको अनुसन्धानमा संलग्न अधिकृत नै बताउाछन् । चालक कुसाङ मात्रै कारगार चलान भएको तर २५ करोडसँग जोडिने थप अपराधको अनुसन्धानले निरन्तरता नपाउने हो भने प्रश्न उठिनै रहने छ ।