सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी

वैशाख १६, २०८२ |नारायण किलम्बू
सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी छ । शिक्षामन्त्री सहितको सरकारी टोली र शिक्षक प्रतिनिधिहरुबीच सिंहदरबारमा वार्ता सुरु भएको हो ।

आज दिनभर शिक्षक प्रतिनिधिहरु आन्तरिक छलफलमा जुटेपछि राति मात्र उनीहरु सिंहदरबार प्रवेश गरेर वार्तामा बसेका हुन् । 

शिक्षा ऐनको माग गर्दै शिक्षकहरु २८ दिनदेखि काठमाडौंको सडकमा छन् । सरकारले सात बुँदे सहमतिको मस्यौदा बनाए पनि तत्काल शिक्षा ऐन संसदमा अघि बढाउने सुनिश्चितता र नीतिगत बाहेकका माग मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने अडान शिक्षकहरुको छ । 

सरकारले उनीहरुका मागलाई गम्भीरतापूर्वक नलिँदा आन्दोलन लम्बिएको लम्बियै छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।