काठमाडौं । सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पुन: प्रतिबन्ध लगाएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्वुमा यसअघि भएको सरोकारवालाको बैठकमा हेलि उडानमा केही लचक भएको पालिका फेरी प्रतिबन्ध लगाउने निष्कर्शमा पुगेको हो ।
आरोहण सिजन शुरु भएसँगै खुम्बु क्षेत्रमा दैनिक दर्जनौ हेलिकप्टरले व्यवसायीक उडान गरिरहेका बेला स्थानीय सरकारले हिजो विज्ञप्ती जारी गर्दै उडानमा प्रतिबन्ध लगाएको हो । गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाद्वारा जारी
विज्ञप्तीमा लुक्ला भन्दा माथि रेस्क्यु, कार्गो र माउण्टेन फ्लाइटबाहेक अन्य सबै प्रकारका व्यवसायीक हेलिकप्टर उडानहरूमा पूर्ण रुपमा निषेध गरिएको बताइएको छ।
पालिकाले अव्यवस्थित हेलिकप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार व्यवसाय र पर्यटकीय गतिविधिहरूमा नकारात्मक असर परेको दाबी गरेको छ। निर्णयको कार्यान्वयन गर्न सम्वन्धीत सवैलाई
पालिकाले आग्रह गरेको छ । यता हेलिकप्टर कम्पनीहरूले भने व्यवसायीक उडान गर्न पाउनु पर्ने बताइरहेका छन् ।