काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त नयाँ शिक्षामन्त्री बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्ति गर्न आज राष्ट्रपतिलाई सिफारिस गर्नुभएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले गत सोमबार पदबाट राजीनामा दिएपछि रिक्त पदमा नयाँ नियुक्तिको लागि पन्तलाई सिफारिस गरिएको हो ।
यसैगरी प्रधानमन्त्री ओलीले ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गर्नुभएको छ । राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।