वीरगन्जमा शोभा यात्राका क्रममा झडप, स्थिति नियन्त्रण लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार

चैत्र ३०, २०८१ |उपेन्द्र ठाकुर
वीरगन्जमा शोभा यात्राका क्रममा झडप, स्थिति नियन्त्रण लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार

पर्सा । हनुमान जयन्तीको अवसरमा शोभा यात्रा निकाल्ने क्रममा वीरगन्जमा झडप भएको छ । वीरगन्जस्थित महावीर मन्दिरबाट निकालिएको शोभा यात्रा वीरगन्ज परिक्रमा गर्ने क्रममा छपकैया चोकमा पुग्दा झडप भएको हो ।

छपकैयामा शोभा यात्रामा एक समूहबाट ढुंगामुढा प्रहार भएपछि झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

झडपकै क्रममा केहीले सोही स्थानमा रहेको जायका बिरयानी लगायतका केही पसलको फर्निचर बाटोमा ल्याएर आगजनी गरेका थिए । जसका कारण स्थिति तवानग्रस्त बन्न पुगेको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले केही थान अश्रुग्यास समेत प्रहार गरेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

अहिले स्थिति नियन्त्रणमा भए पनि चोक चोकमा स्थानीहरूको भीड देखिएको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।