चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

चितवन । चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्रकिशोर दास थारूलाई आफ्नै हतियारबाट बिहान साढे ९ बजे गोली लागेको थियो । 

थारूको उपचारको क्रममा आज दिउँसो ४ बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दाहिने तिघ्रामा गोली लागेका थारूको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो । 

उनका अनुसार बिहान गस्ती गरेर फर्किएका थारूले हतियार मिलाउने क्रममा असावधानी अपनाउँदा तिघ्रामा गोली लागेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.