बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

चैत्र २८, २०८१ |पुजन धिताल
बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे । आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमा क्षेत्र साँगामा गाडी हिलोमा फस्दा अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध भएकोमा एकतर्फी सञ्चालनमा आएकाे ट्राफिक प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

बिहीबार बिहान ५ बजेको समयमा वर्षा सुरूभएसँगै निर्माणाधीन अरिनको राजमार्ग अर्न्तगत साँगामा बुलेट (ग्यास ढुवानी गर्ने) गाडी हिलोमा फसेकाले राजमार्गमा सवारी आवगमन अवरुद्ध भएको ट्राफिक प्रहरी जिल्ला ईन्चार्ज विकास तामाङ्ले जानकारी दिनु भयो ।

तामाङकाअनुसार पानीका कारण हिलोले गर्दा गाडी उक्लिन नसकेको हाे। वैकल्पिक मार्ग हुँदै सवारीलाई डाइर्भट गरिएको उहाँले बताउनुभयो । बैकल्पिक सडक पनि साँघुरो रहेकाले पनि सवारी जाम भैसकेको छ ।

अहिले एकतर्फी यातायात सुचारु गराइएको छ,’ उहाँले भन्नुभयो, ‘निर्माणाधीन सडक हिलो भएकाले साँगा हुँदै यातायात सुचारू गर्न कठिन छ, त्यसकारण पनि सवारीहरूलाई वैकल्पिक मार्ग नालाबाट यातायात सञ्चालन गर्न निर्देशन गरिएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।