कांग्रेससँगको सहकार्य ०८४ पछि पनि कायमै रहन्छ : प्रधानमन्त्री

चैत्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेससँगको सहकार्य ०८४ पछि पनि कायमै रहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य २०८४ सालपछि पनि कायमै रहने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो । 

उहाँले नेपाल चेम्बर अफ कमर्सले नीति निर्माणदेखि आर्थिक विकासमा असाधारण योगदान पुर्‍याउँदै आएको समेत बताउनुभयो । चेम्बरले सरकार र निजी क्षेत्रबीच पुलको भूमिका खेलेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अहिलेको समय कृत्रिम बौद्धिकताको भएकाले विज्ञान र प्रविधिको दुरुपयोग गरेर अरूलाई फसाउनभन्दा उन्नति र प्रगतिका लागि प्रयोग गर्नुपर्ने जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.