पत्रकार सुरेश रजकको सम्झनामा बनेपामा दीप प्रज्वलन

चैत्र २७, २०८१ |पुजन धिताल
पत्रकार सुरेश रजकको सम्झनामा बनेपामा दीप प्रज्वलन

काभ्रे । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको सम्झनामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बनेपाको चारदोबाटोमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कार्यक्रममा महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्षहरू, पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति थियो । 

रजकको तस्बिरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरिएको थियो । रजकको हत्या रहस्यमयी ढंगले भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारसँग काभ्रेका अध्यक्ष विनोद न्यौपानेले माग गर्नुभयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।