जाजरकोटमा अवैध रूपमा लगाइएको अफिम नष्ट

चैत्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा अवैध रूपमा लगाइएको अफिम नष्ट

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका-१० स्थित ध्यारगाउँ र रावतगाउँमा अवैध रूपमा खेती गरिएको अफिम प्रहरीले नष्ट गरेको छ।

प्रहरी चौकी दल्ली, जाजरकोटबाट प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा खटिएको ३० जनाको प्रहरी टोलीले ३ सय १५ रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरेको जनाएको छ।

प्रहरीले जिल्लामा अवैध लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन आवश्यक कानुनी कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सरोकारवाला निकायहरूबीच समन्वय गरी यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रणमा ल्याइने प्रहरीले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.