स्ववियु निर्वाचन: दार्चुला बहुमुखी क्याम्पसमा मतदान जारी

चैत्र २७, २०८१ |मनोज बडू
स्ववियु निर्वाचन: दार्चुला बहुमुखी क्याम्पसमा मतदान जारी

दार्चुला । सुदूरपश्चिम विश्वविध्यालयअन्तर्गतकाे दार्चुला बहुमुखी क्याम्पसमा स्वतन्त्र विध्यार्थी निर्वाचनका लागि मतदान जारी छ । बिहान ८ बजेबाट निर्वाचन सुरू भएको हो ।

दार्चुला क्याम्पसमा नेपाल विध्यार्थि संघ र अखिल क्रान्तिकारिको संयुक्त प्यानल, अनेरास्ववियु, स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धा भईरहेको छ ।

संयुक्त प्यानलबाट सभापतिमा प्रकाश बडु, अनरास्ववियुका खडक ठगुन्ना र स्वतन्त्रबाट अनिलचन्द्र जोशि रहेका छन् ।

क्याम्पसमा ४८५ मतदाता रहेका छन् ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।