काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई छाड्न नहुने बताउनुभएको छ । तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई भेट्न ताहाचलस्थित निवासमै पुग्नुभएका सभापति देउवाले घटनामा संलग्नलाई कारबाही गरिने बताउनुभएको हो ।
देउवासँगको भेटमा रजक परिवारले दोषी उम्कन सक्ने भन्दै कारबाही गर्न आग्रह गरेका थिए । रजक परिवारलाई तीनकुने घटनामा संलग्नहरूको छानबिन हुनुपर्ने पार्टीको निर्णय रहेको भन्दै देउवाले परिवारलाई आश्वस्त पार्नुभएको थियो ।