काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूसँगै अभियन्ता स्वागत नेपाल सहित ४४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्नलाई प्रक्राउ गरेको जनाएको छ । लुटपाटमा संलग्न तथा कान्तिपुर टेलिभिजन लगायत अन्य सञ्चारमाध्यममा आक्रमण गर्नेहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समर्थकको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ ।