काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।
गभर्नर नियुक्ति, संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमसहित समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन ।
गभर्नर नियुक्तिमा अलमल भैरहँदा सत्तारूढ कांग्रेस र नेकपा एमालेका नेताहरूबीच आशंका र अविश्वास बढ्दै गएको छ ।