काभ्रे । धुलिखेलमा विश्व युवा महोत्सव २०२५ भव्य रूपमा सुरू भएकाे छ। विश्व युवा महोत्सवले कृत्रिम बुद्धिमत्ता, डिजिटल स्वास्थ्य, युवा ह्याक फेस्ट लगायतका समसामयिक विषयहरूमा छलफल गर्ने लक्ष्य लिएको छ।
विभिन्न कार्यशालाहरू र अन्तिम दिनमा प्रकाशित हुने "धुलिखेल घोषणापत्र" को माध्यमबाट नेपाल मात्र होइन, विश्वव्यापी बौद्धिक बहसलाई पनि योगदान दिने लक्ष्य लिएको छ।
बैंकिङ कसुरका आरोपित जिल्ला समन्वय समितिका अध्यक्ष दीपक कुमार गौतमले सम्बन्धीत निकायसँग मिलापत्र गरेपछि उहाँले महोत्सवको शुभारम्भ गर्नुभएको छ ।
आयोजक टोलीका अध्यक्ष गौतमले भन्नुभयो, 'धुलिखेल सक्षम छ! धुलिखेल तयार छ! उद्घाटन समारोहमा ५१ विभिन्न मुलुकका १५० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन्। विभिन्न राष्ट्रका युवा, शिक्षाविद्, नीति-निर्माता, तथा प्रविधि विशेषज्ञहरूको उपस्थिति रहेको यो महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।'
आयोजक समितिले महोत्सवलाई सफल बनाउन पूर्ण प्रतिबद्धता जनाएका छन्। विश्वकै युवाहरूको आवाज बुलन्द पार्ने लक्ष्यका साथ अगाडि बढेको विश्व युवा महोत्सव २०२५ ले नेपाललाई एक वैश्विक नेतृत्वकर्ता को रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ।
महोत्सव चैत १४ देखि १८ गतेसम्म आयोजना हुनेछ।