काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ‘ईद–उल–फित्र’ अर्थात ईद पर्व धूमधामका साथ मनाउँदै छन् ।
हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्वमा प्रार्थना गर्नुको साथै एकआपसमा भेटघाट गरि नयाँ लुगाएर एकअर्कालाई मिठाइ आदान-प्रदान गरी इद मनाउने गरिन्छ । ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा छ ।
सरकारले आज इदको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।