सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवा लिन आएका सेवाग्राहीको लडेर मृत्यु भएको छ ।
जिल्लाको बागचौर नगरपालिका ७ टाटकेका ७० वर्षका टीकाराम वलीको बिहिबार बिहान ११ :५० मा प्रशासन भित्रै लडेर मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यलय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आउनुभएका वली प्रशासनको तल्लो तलामा चिप्लदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
उहाँ राष्ट्रिय परिचयपत्र बनाउने ढोका नजिकै उभिएको बेला टायलमा चिप्लिएर भुइँमा लडनु भएको थियो । मृतक वलीको टाउकोमा चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्य भएको प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।
चिप्लिएर घाइते भएका वलीलाई उपचारको लागी तत्काल जिल्ला अस्पतालमा पुर्याइएको थियो । तर डाक्टरले मृत घोषणा गरेका हुन । मृतक वलीका साथमा भान्जा मस्त बहादुर रहेका थिए । घटना बारे अनुसन्धानको लागि प्रहरी टोलि खटिएको छ ।
जिल्ला अस्पताल सल्यानका अनुसार एकासी ढलेर बेहोस भएका वृद्धको हृदयाघात भएर नै मृत्यु भएको हुन सक्ने बताएको छ ।