गोरखकाली र गोरखनाथमा पूर्वराजाको पूजाआजा

चैत्र ९, २०८१ |भीमलाल श्रेष्ठ
गोरखकाली र गोरखनाथमा पूर्वराजाको पूजाआजा

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र गोरखनाथको पूजा गर्नुभएको छ । सडक मार्ग हुदै शनिबार गोरखा आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले शाहवंशका कूलदेवी गोरखकाली मन्दिर र इष्टदेवता गोरखनाथ गुफामा गरी झन्डै २ घण्टा पूजा गर्नुभएको हो । 

मूलुकमा राजतन्त्रको अन्त्यपछि पूर्व राजपरिवारका अन्य सदस्यहरूले आएर पूजा गरेको भए पनि पूर्व राजा शाह पुर्खाैली थलो गोरखा आएर गोरखकाली र गोरखनाथको पूजा गरेको भने गणतन्त्रपछिको यो पहिलो पटक भएको पुजारीहरूले जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम पनि छ । पूर्वराजालाई समर्थकहरूले स्वागत गर्नुका साथै राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।