महायज्ञका नाममा दलितमाथि ज्यादती : सिराहाका प्रजिअ मन्त्रालय तानिए

चैत्र ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
महायज्ञका नाममा दलितमाथि ज्यादती : सिराहाका प्रजिअ मन्त्रालय तानिए

काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । महायज्ञ गर्न दलित परिवारको घर भत्काइएको समाचार कान्तिपुरबाट सार्वजनिक भएपछि प्रजिअ दाहाललाई मन्त्रालय तानिएको हो ।

उक्त प्रकरणमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन समेत दिइसक्नु भएको छ ।

सिराहाको नयाँ प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.