कञ्चनपुरको बेलौरी नगरपालिका-३ का वडाध्यक्ष सिताराम रिजालको निधन

फाल्गुन २४, २०८१ |हरिश्चन्द्र बाग
कञ्चनपुरको बेलौरी नगरपालिका-३ का वडाध्यक्ष सिताराम रिजालको निधन

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । 

केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएकाे छ । 

उहाँ प्रति श्रद्धाञ्जलीका लागि आज बिहान १०:०० देखि ११:०० बजेसम्म पार्थिव शरीर वडा कार्यालयमा राखिने र त्यसपछि आजै दिउँसो बेलौरीस्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा रिजालले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो । तर झिनो मतान्तरले पराजित हुनुभयो । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएकाे थियाे ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।