गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन मन्त्रालयको पत्र, हाजिर गर्न नदिने महानगरको जवाफ

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन मन्त्रालयको पत्र, हाजिर गर्न नदिने महानगरको जवाफ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई पत्र पठाएको छ । मन्त्रालयले पठाएको पत्रमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंलाई हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिन भनिएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले हाजिर गर्न नदिएको गुनासो आएको भन्दै मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रह सहित पत्र पठाए हो । काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालय समक्ष लिखित गुनासो गर्नुभएको थियो ।

तर काठमाडौं महानगरपालिका भने प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई हाजिर गर्न नदिने व्यहोरा सहितको पत्र पठाएको छ । महानगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन समेत अनुरोध गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement