विदेशमा भएका नेपालीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माग

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेशमा भएका नेपालीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माग

काठमाडौं । सांसदहरूले विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयमा अन्तर्राष्ट्रिय सेल गठन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विदेशमा रहेका नेपालीको सुरक्षा, सहजतापूर्वक स्वदेश फर्काउने र उनीहरूको अवस्थाबारे सहजीकरण गर्न परराष्ट्रमा अन्तर्राष्ट्रिय सेल गठन गर्न माग गरेका हुन् । 

विभिन्न मुलुकबाट नेपालीलाई नेल सहित अमानवीय तरिकाले फर्काइएको प्रति पनि उनीहरूले आपत्ति जनाएका थिए ।

सांसदहरूले अमेरिकाले दिएको अनुदान दुरुपयोगबारे श्वेतपत्र जारी गर्न पनि माग गरेका छन् । शून्य तथा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले शिक्षकहरूको माग सम्बोधन, नेप्सेको पुनःसंरचना, झापामा स्कुल बस आगजनी घटनाको छानबिन लगायतका माग गरेका थिए । 

यस्तै, स्वास्थ्य सचिव बढुवा प्रकरणमा सांसदहरूले स्वास्थ्यमन्त्रीको राजीनामा पनि माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement