उत्तरी गोरखामा अत्यधिक हिमपात, पर्यटकको यात्रा प्रभावित

फाल्गुन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तरी गोरखामा अत्यधिक हिमपात, पर्यटकको यात्रा प्रभावित

गोरखा । उत्तरी गोरखामा अत्यधिक हिमपातका कारण मनास्लु पदमार्गको यात्रामा रहेका पर्यटकहरूको यात्रा प्रभावित बनेको छ । मनास्लु पदमार्ग अन्तर्गत गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो, सामागाउँ, ल्हो लगायतको ठाउँमा हिजो बिहानैदेखि हिउँ परिरहेको छ ।

हिमपातका कारण लार्केपास गरेर मनाङ निस्कन हिँडेका पर्यटकहरू सामागाउँ, साम्दो लगायत ठाउँका होटलमा रोकिएका छन् भने केही फर्किएका छन् ।

मनास्लु पदमार्गको ३ हजार ८७५ मिटर उचाइमा रहेको साम्दोमा २ मिटरभन्दा धेरै हिउँ जम्मा भएपछि सशस्त्र प्रहरीको टोलीले पदमार्गको हिउँ पन्छाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement